काठमाडौं । स्थानीय तह निर्वाचनका लागि अहिलेसम्म ४९ वटा जिल्लामा मतपत्र ढुवानी गरिएको छ । निर्वाचन आयोगकाअनुसार ४९ जिल्लाका लागि ९१ लाख ११ हजार मतपत्र ढुवानी गरिएको छ । कर्णाली र सुदूरपश्चिमका सबैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैैै जिल्ला, प्रदेश नम्बर १ का मोरङ बाहेक सबै जिल्ला र गण्डकीको पोखरा महानगरबाहेक सबै स्थान तथा बाग्मतीका ५ जिल्लामा मतपत्र पुगिसकेको आयोगले जनाएको छ ।
वैशाख १८ गते आइतबार लुम्बिनी प्रदेशका १२ जिल्लामा मतपत्र पठाइने आयोगले शनिवार साँझ जारी गरेको बुलेटिनमा उल्लेख छ ।
काठमाडौंबाट लामो दूरीमा रहेका पूर्व र पश्चिमका अधिकांश जिल्लामा मतपत्र पुगिसकेको छ भने अन्य जिल्लाहरुमा पुग्ने क्रम जारी रहेको छ ।
मनाङ र मुस्ताङ जिल्लामा हेलिकोप्टरबाट मतपत्र ढुवानी गरिएको छ । निर्वाचन आयोगले वैशाख १३ गतेबाट मतपत्र ढुवानी शुरु गरेको थियो । हालसम्म ६ वटा महानगर र भक्तपुर जिल्लाबाहेक ७६ जिल्लाका लागि एक करोड ८० लाख ४५ हजार मतपत्र छपाइ भइसकेको आयोगले जनाएको छ ।