Media Network

जनकपुरधाम उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवार साह निर्वाचित


खबरस्टोरी संवाददाता

९ जेष्ठ २०७९,सोमबार

काठमाडौं । जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साह सुडी निर्वाचित भएका छन् । उनले १३ हजार चार सय ६५ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।

सत्ता गठबन्धनले जनकपुरधामको मेयर पदमा कांग्रेसको उम्मेदवार नउठाई जसपालाई छाड्ने निर्णय गरेपछि पार्टीमा विद्रोह गरेर सुडी स्वतन्त्र उम्मेदवार बनेका थिए । साह सुडीका निकटतम प्रतिद्वन्द्वी एमालेका शिवशंकर साहले ९ हजार ५३२ मत पाए । 

लोसपाका मेयर उम्मेदवार मनोज चौधरीले ५ हजार ३६० मत ल्याए भने सत्ता गठबन्धनको तर्फबाट जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार लाल किशोर साहले पाँच हजार एक सय ९४ मत मात्रै पाए । 

उपमेयर पदमा भने गठबन्धनबाट कांग्रेस उम्मेदवार किशोरी साह निर्वाचित भएकी छन् । उनले १५ हजार पाँच सय २५ मत ल्याएर निर्वाचित भएकी हुन् । उनको निकटतम प्रतिष्पर्धी एमालेकी रुणदेवी झाले १० हजार ८८५ मत पाइन् ।

यस्तै, लोसपाकी मेयर उम्मेदवार रिताकुमारी मिश्रले ५ हजार ८१७ मत पाइन् भने स्वतन्त्र उम्मेदवार निर्मलकुमार चौधरीले ३ हजार ७७२ मत पाए  । 

जनकपुरधाम उपमहानगरपालिकामा रहेका २५ वटा उपमहानगरपालिकामध्ये ११ वटामा कांग्रेस, सात वटामा एमाले, दुई वटामा लोकतान्त्रिक समाजवादी पार्टी, दुई वटामा स्वतन्त्र उम्मेदवारले वडाध्यक्ष जितेका छन् । 

यस्तै तराई मधेस लोकतान्त्रिक पार्टी र एउटामा जनता समाजवादी पार्टीले एक–एक वटा वडाध्यक्ष पद जितेका छन् । 



Share:
Reaction :
ताजा समाचार
खेलकुद