कांग्रेस, माओवादी केन्द्र, जसपा र नेकपा एसको गठनबन्धनको सहमतिअनुसार उनी जिल्ला समन्वय समितिमा जानेगरी वडा सदस्यमा उठेका हुन् । उनी २०६४ र २०७० को संविधानसभा सदस्यमा पनि उठेका थिए ।
केही समयअघि मात्र उनी दिक्तेल बहुमुखी क्याम्पसको सञ्चालक समितिका अध्यक्षको भूमिकाबाट बिदा भएका हुन् । राई २०५४ सालमा एमालेबाट गाविस अध्यक्ष निर्वाचित भएका थिए । उनले गाविसको पञ्चवर्षीय योजना बनाए, भिलेज प्रोफाइल बनाए जुन काम जिल्लामै पहिलोपल्ट भएको थियो ।
तत्कालीन गाविसलाई नमुना बनाउन पहल गरेबापत उनले तत्कालीन जिल्ला परिषदबाट उत्कृष्ट गाविस अध्यक्षको रूपमा सम्मान पाएका थिए ।