पौडेल १८ हजार ७४३ मत प्राप्त भई निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी सरस्वती चौधरीले १७ हजार ७७९ मत पाइन् ।
यस्तै, लोसपाको मेयर उम्मेदवार सञ्जय साहले पाँच हजार ३८२ मत ल्याएका छन् ।
उपप्रमुखमा भने गठबन्धनका साझा उम्मेवार नेपाली कांग्रेसकी मेघा शाही भने पराजित भइन् ।
उपमेयरमा एमाले उम्मेदवार भोला अधिकारी १७ हजार ४९२ मत ल्याएर निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी शाहीले १५ हजार ८४२ मत मात्र ल्याइन् ।
लोसपाको तर्फबाट उपमेयर उम्मेदवार बिपी मोक्तानले पाँच हजार २७ मत पाए ।