Media Network

झापाको कमल गाउँपालिकामा अध्यक्ष कांग्रेस र उपाध्यक्ष एमाले विजयी


खबरस्टोरी संवाददाता

९ जेष्ठ २०७९,सोमबार

झापा । झापाको कमल गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेस र उपाध्यक्षमा एमाले विजयी भएको छ । 

अध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार हुकुमसिंह राईले १२ हजार ८६८ मत ल्याई विजयी भएका छन् । उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार भीम राईले ९ हजार ६५३ मत प्राप्त गरे । 

अध्यक्षकै राप्रपा उम्मेदवार विक्रम अधिकारीले ७ सय ८२ मत मात्र पाए । 

नव निर्वाचित अध्यक्ष हुकुमसिंह २०७४ को स्थानीय तह निर्वाचनमा निवर्तमान पालिका अध्यक्ष मेनुका काफ्लेसँग गोलाप्रथाबाट पराजित भएका थिए । 

यस्तै, उपाध्यक्ष पदमा एमालेकी उम्मेदवार प्रमिला न्यौपाने तिवारीले १० हजार ८४५ मत प्राप्त गरी विजयी भइन् । उनका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका पर्शुराम सुवेदीले ८ हजार ३७१ मत प्राप्त गरे ।

राप्रपाकी उपाध्यक्षकी उम्मेदवार तारादेवी अधिकारीले १ हजार ६ सय ४० मतप्राप्त गरिन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद