Media Network

कडा सुरक्षा घेराबीच जुम्लाको गर्ज्याङकोटमा पुनः मतदान सुरु


खबरस्टोरी संवाददाता

१ जेष्ठ २०७९,आईतवार

जुम्ला ।  झडप हुँदा वैशाख ३० गते स्थगित भएको जुम्लाको गुठचौर गाउँपालिका-३ गर्ज्याङकोटमा आज पुनः मतदान सुरु भएको छ । शङ्कर माध्यमिक विद्यालयमा भइरहेको मतदानमा अहिलेसम्म १ सय ८८ मत खसेको निर्वाचन अधिकृत तुलराज चौलागाईँले जानकारी दिए ।

वैशाख ३० गते मतदानका क्रममा शंकर माध्यामिक विद्यालयको केन्द्रमा झडप हुँदा स्थगित भएपछि आज भने कडा सुरक्षा घेराबीच मतदान संचालन गरिएको छ ।  हाल  प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाई, नेपाली सेनाका गणपति रविन थापा, सशस्त्र प्रहरी ३३ नम्बर गणका गणपति चित्रांगत दाहाल, प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दसहितको सुरक्षा टिम मतदान स्थलमा छ । मतदान सहज गर्न ठूलो मात्रामा नेपाल प्रहरी, शशस्त्र प्रहरी र बाहिरी घेरमा नेपाली सेना खटिएका छन् ।

एक हजार ७ जना मतदाता भएको केन्द्रमा ३२० मत खसिसकेको थियो । तर चुनाव स्थगित भएपछि पुनः सबै प्रक्रिया सुरु भएको हो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद