Media Network

कांग्रेस १४औँ महाधिवेशन: मतदान गर्ने समय थपियो


खबरस्टोरी संवाददाता

२७ मंसिर २०७८,सोमबार

काठमाडाैँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत मतदान समय थप गरिएको छ । 

पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार आज बिहान ८ बजेदेखि निर्धारित मतदान गर्ने समय मतपत्र छपाईका कारण झण्डै ४ घण्टापछि सुरु भएकाले मतदानको समय थप गरिएको हो । 

निर्वाचनमा मतदाताको सङ्ख्या र हालसम्म खसेको मतको सङ्ख्यालाई मध्यनजर गरी आज राति ९ बजेसम्म मतदान गर्ने समय थप गरिएको निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए । 

कांग्रेस १४औँ महाधिवेशनमा ४ हजार ७४३ मतदाता रहेका छन् । साँझ ५ बजेसम्म २ हजारभन्दा बढी मत खसेको निर्वाचन समितिले जनाएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद