Media Network

काँग्रेसको चुनावी गीत ‘चार तारे झण्डा फरर’ सार्वजनिक


खबरस्टोरी संवाददाता

२८ चैत्र २०७८,सोमबार

काठमाडौं । स्थानीय निर्वाचन नजिकिर्दै गर्दा विभिन्न गायक गायिकाले आफू आवद्ध तथा नजिकका राजनीतिक पार्टीलाई सघाउने उद्देश्यले बिभिन्न गीत संगीत सार्वजनिक गर्न थालेका छन् ।

गायिका तथा गीतकार सायत्री थापाले सरकारको नेतृत्व गरिरहेको राजनीतिक दल नेपाली काँग्रसलाई निर्वाचनमा सघाउने उद्देश्यले काँग्रेस गीत ‘चार तारे झण्डा’ ल्याएकी छन् ।

गीत शनिबार साँझ आयोजित एक कार्यक्रममा नेपाली काँगेसका महामन्त्री विश्वप्रकाश शर्माले सार्वजनिक गरेका थिए । 

गीतले काँग्रेस भन्दा राम्रो पार्टी अन्य नभएको भन्दै मेचीदेखि महाकालीसम्म सबै मिलेर बीपीको समाजवादको नारा साकार पार्नुपर्नेमा जोड दिएको छ । लोक, आधुनिक थुप्रै गीतमा शब्द तथा स्वर भरेकी गायिका गायत्रीलाई यो गीत गायनमा कृष्ण काफ्ले र रीता केसीले साथ दिएका छन् । 

राजकुमार बगरको संगीत रहेको गीतको आकर्षक भिडियो पनि निर्माण भएको छ । जसमा विजय पुन, रीचा थापा, आरुसी मगर, जर्नादन आचार्य लगायत थुप्रै ब्यक्तिको अभिनय देख्न सकिन्छ । अजय रेग्मीको छायांकन रहेको भिडियोमा नविन घर्तीमगरको सम्पादन छ । 

भिडियो


Share:
Reaction :
ताजा समाचार
खेलकुद