Media Network

कुलमान र जनार्दनको तस्विर पोष्टरबाट हटाइयो


खबरस्टोरी संवाददाता

३० चैत्र २०७८,बुधबार

काठमाडौं । नेकपा माओवादी केन्द्रले आफ्नो चुनावी पोष्टरबाट नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र अर्थमन्त्री जनार्दन शर्माको तस्विर हटाएको छ । प्रचण्डसहित जनार्दन शर्मा र प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको तस्विर राखेर माओवादीले चुनावी प्रचार सामग्री बनाएको थियो । उक्त पोष्टर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको आधिकारिक फेसबुकमा नै सार्वजनिक गरिएको थियो । घिसिङको तस्विर राखेर भोट मागेको भन्दै आलोचना हुन थालेपछि घिसिङले आफ्नो तस्विर हटाउन आग्रह गरेका थिए ।

सवत्र्र आलोचनापछि निर्वाचन चिन्हसहित ‘भोटफरसीपीएनमाओस्ट’ लेखिएको उक्त तस्विरबाट अर्थमन्त्री शर्मा र कार्यकारी निर्देशक घिसिङको तस्विर हटाइएको हो । दुई जनाको तस्विर हटाएर प्रचण्डको मात्रै तस्विर राखेर अध्याँरोबाट उज्यालोको यात्रा लेखिएको तस्विर प्रचण्डको फेसबुक पेजमा पोष्ट गरिएको छ । 

अध्यक्ष प्रचण्ड र अर्थमन्त्री जनार्दन शर्मासँगै माओवादीले घिसिङको तस्बिर राखेर ‘अध्याँरोबाट उज्यालोतर्फ’ उल्लेख गर्दै चुनावी पोष्टर सार्वजनिक गरेको हो । नेपाल सरकारका कर्मचारीलाई पार्टीको चुनावी प्रचार सामग्रीमा तस्वीरसहित प्रकाशित गरिएकोमा सामाजिक सञ्जालहरुमा आलोचना शुरु भएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद