Media Network

कलैया उपमहानगरमा गठबन्धनलाई हराउँदै एमाले विजयी


खबरस्टोरी संवाददाता

७ जेष्ठ २०७९,शनिबार

काठमाडौं । बाराको कलैया उपमहानगरपालिकामा मेयर, उपमेयर दुवै पदमा गठबन्धनलाई हराउँदै नेकपा एमाले विजयी भएको भएको छ । कलैया उपमहानगरपालिकाको मेयरमा एमालेका विनोद साह र उपमेयर रौशन परविन विजयी भएका हुन् । 

साहले २४ हजार १७४ मत प्राप्त गरि विजयी भए । उनका निकटतम प्रतिष्पर्धी गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका राजेशराय यादवले १८ हजार ५४० मत प्राप्त गरे । 

मेयरमा लोसपा उम्मेदवार जयप्रकाश साह तेलीले ९१०, राप्रपाका बृजकिशोर प्रसा साहले ५५१, जनमत पार्टीका रामबाबु प्रसाद साहले २६८, नेपाल संघीय समाजवादी पार्टीका अनवर अन्सारीले ७८ मत मात्रै पाए । 

उपमेयरमा पनि एमालेकी परविनले १९ हजार २५१ मत प्राप्त गर्दा गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टी (जसपा) का प्रमोद प्रसाद गुप्ताले १८ हजार ३०४ मत प्राप्त गरे । 

उपमेयरका लोसपा उम्मेदवार नासरिन नाजले ८९१, नेपाल लोकतान्त्रिकपार्टीकी सुमिन्त्रादेवी केशरीले ६९२, राप्रपाकी टुककुमारी ढकालले ६८५, जनमत पार्टीकी किसनाउती देवी तेलीले ३०१ मत प्राप्त गरिन् । 



Share:
Reaction :
ताजा समाचार
खेलकुद