Media Network

कमल थापाको पार्टीलाई चुनाव चिन्ह ‘तीर’


खबरस्टोरी संवाददाता

१५ चैत्र २०७८,मंगलवार

काठमाडौं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले ‘तीर’ चुनाव चिन्ह पाएको छ ।

पार्टीका प्रवक्ता सुरेश आचार्यले मंगलबार विज्ञप्ति जारी गरी चुनाव चिन्ह ‘तीर’ पाएको जनाएका हुन् । राप्रपा नेपालले आफ्नो पुरानो पार्टी चिन्ह गाई माग्दै आएको थियो । 

तत्कालिन अवस्थामा राप्रपासँगको एकतापछि एकीकृत राप्रपाले पार्टीको झण्डामा गाई चिन्ह प्रयोग गर्नुका साथै चुनाव चिन्ह हलो लिने सहमति गरेका थिए । सोही अनुसार राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले हलो चिन्ह पाएको छ । 

राप्रपा छाडेर नयाँ पार्टी बनाएका थापाले राप्रपाको हलो चिन्ह भएकाले आफूले गाई चिन्ह माग्दै आएका थिए । तर आयोगले गाई चिन्ह दिन अस्वीकार गरेपछि राप्रपा नेपालले ‘तीर’ चिन्हको प्रचार थालेको छ । 

स्थानीय तहको निर्वाचन नजिकिएपछि राप्रपा नेपालले विज्ञप्ति जारी ‘तीर’ पाएको सार्वजनिक गरेको हो । स्थानीय निर्वाचनमा तीर चिन्ह लिएरै निर्वाचन लड्ने बताएको राप्रपा नेपालले अर्को ब्यवस्था नहुन्जेलसम्म यही चिन्हको प्रचार गर्न पार्टी कार्यकर्तालाई निर्देशन दिएको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद