Media Network

कञ्चनपुरको कृष्णपुरमा ओझा प्रमुख र राना उपप्रमुखमा निर्वाचित


खबरस्टोरी संवाददाता

८ जेष्ठ २०७९,आईतवार

कञ्चनपुर। कञ्चनपुरको कृष्णपुर नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार हेमराम ओझा नगरप्रमुख र द्रौपती राना उपप्रमुखमा निर्वाचित भएका छन् ।ओझाले नगरप्रमुखमा १० हजार ३३४ मत प्राप्त गरेकोमा  निकतटम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का जोगराम चौधरीले आठ हजार ३००, नेकपा एमालेका लोकेन्द्र पन्तले छ हजार ४७४ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

उपप्रमुखतर्फ कांग्रेसकै द्रौपती रानाले नौ हजार ६७५ मत प्राप्त गरि निर्वाचित भएकामा  निकटतम प्रतिस्पर्धी माओवादीका गीता मल्लले आठ हजार ८५१ र एमालेकी रमिता रानाले सात हजार ३१६ र मत प्राप्त गरेका छन् । यसअघिको निर्वाचनमा ओझा एमालेका कर्णबहादुर हमालसित पराजित भएका थिए ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद