Media Network

कञ्चनपुरको पुर्नवास नगरपालिका १० मा स्थगित निर्वाचन जेठ ३ गते हुने


खबरस्टोरी संवाददाता

१ जेष्ठ २०७९,आईतवार

कञ्चनपुर। कञ्चनपुरको पुर्नवास नगरपालिका–१० विजय माध्यमिक विद्यालयस्थित तीन वटा मतदान केन्द्रको स्थगित निर्वाचन जेठ ३ गते हुने भएको छ । निर्वाचन अधिकृत किरण जोशीका अनुसार मतदान केन्द्र क, ख र ग मा स्थगित मतदान उक्त दिन हुने भएको हो ।

मतदानको समय विहान ०७ बजेदेखि साँझ ५ बजेसम्मका लागि निर्धारण गरिएको छ । वैशाख ३० गते मतदान सुरु भइसकेपछि फर्जी मतको विषयमा  राजनीतिक दलका प्रतिनिधिबीच विवाद भएपछि निर्वाचन प्रकृया अवरुद्ध भएको थियो । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद