मेयरका जसपा उम्मेदवार शिवलाल यादवले १२२८ मत, माओवादी केन्द्रकी कुमारी कमला भुसालले एक हजार २६, राप्रपाका गणेश पाण्डेले १ हजार ३ मत तथा नेपाली कांग्रेस (बीपी)ले ९ सय ५८ मत प्राप्त गरे ।
यस्तै, उपमेयरमा पनि कांग्रेसकी मीरा थारु निर्वाचित भइन् । उनले १४ हजार २ सय ३८ मत ल्याउँदा एमालेकी मञ्जु चौधरीले १३ हजार ७ सय १५ मत प्राप्त गरिन् ।
जसपाकी उपमेयर उम्मेदवार निर्मला सिंहले ११७४ मत, माओवादी केन्द्रका कैलाश कुर्मीले १११२ मत तथा राप्रपाकी सरोजकुमारी कलवारले एक हजार १५ मत प्राप्त गरेका छन् ।