Media Network

कपिलवस्तुको शिवराज नगरपालिका मेयर राप्रपा, उपमेयर एमाले विजयी


खबरस्टोरी संवाददाता

६ जेष्ठ २०७९,शुक्रबार

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाको मेयरमा राप्रपा र उपमेयर पदमा नेकपा एमालेले जित हात पारेको छ । 

शिवराज नगरपालिकाको मेयरमा राप्रपा उम्मेदवार अजय थापा ७ हजार ६०२ मत सहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका महादेव पोख्रेल ७ हजार १२८ मत ल्याउँदै पराजित भए ।

कांग्रेसका मेयर उम्मेदवार हुमकान्त खनालले ५४७७ मत प्राप्त गरे भने लोसपाका रविदत्त मिश्रले ४०२४ मत पाए । 

यस्तै, जसपाका मेयर उम्मेदवार कृष्णकुमार चौधरीले ३१६५, नेकपा एकीकृत समाजवादीका क्षेत्रबहादुर खत्रीले १६९७ मत पाए । 

यस्तै, स्वतन्त्रबाट उम्मेदवारी दिएका नेत्रविक्रम चन्द विप्लव नेकपाका भेषराज भुसालले ५ सय २७ मत मात्रै पाए । 

उपमेयरमा भने एमालेकी शिवकुमारी चौधरी निर्वाचित भइन् । उनले ७ हजार ९ सय ५५ मत प्राप्त गरिन् । चौधरीको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी शारदा कार्कीले ६ हजार १ सय ८५ मतका साथ पराजित भइन् । 

उपमेयरमा राप्रपाकी विपाशा चौधरीले ५१५९ मत प्राप्त गरिन् भने लोसपाकी सीता खनालले ३२५० मत पाइन् । 

यस्तै, जसपाकी उपमेयरकी उम्मेदवार प्रमिला चौधरीले ३०५३ मत ल्याउँदा माओवादी केन्द्रका द्रोणबहादुर पुनमगरले २५८३ मत प्राप्त गरे । 

मेयरमा कसकाे कति मत ?



Share:
Reaction :
ताजा समाचार
खेलकुद