काठमाडाैं अपडेट : बालेनले कटाए २२ हजार मत, स्थापित दाेब्बर मतले पछि


खबरस्टोरी संवाददाता
५ जेष्ठ २०७९, बिहीबार
काठमाडाैं अपडेट : बालेनले कटाए २२ हजार मत, स्थापित दाेब्बर मतले पछि
काठमाडाैँ। काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले  २२ हजार मत कटाएका छन् । 

अहिलेसम्म ५८ हजार ७६ मतगणना हुँदा बालेनले२२ हजार १८९ मत पाएका छन् । उनको पछि रहेका एमालेका केशव  स्थापितले ११ हजार ६७१ मत ल्याएका छन्। बालेनले एमाले उम्मेदवार स्थापित भन्दा १० हजार ५१८ मत बढी ल्याएर अग्रता कायम गरेका छन्।

त्यस्तै, गठबन्धनकी उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहले १० हजार ९६३ मत ल्याएकी छन्।