काठमाडौँ– ८ मा सिर्जना सिंहको अग्रता, बालेन र स्थापितले कति ल्याए मत ?


खबरस्टोरी संवाददाता
५ जेष्ठ २०७९, बिहीबार
काठमाडौँ– ८ मा सिर्जना सिंहको अग्रता, बालेन र स्थापितले कति ल्याए मत ?
काठमाडौँ । काठमाण्डौँ महानगरपालीकाको ८ नम्बर वडाको सुरुवाती १०० मत गणना गर्दा नेपाली कांग्रेसकी सिर्जना सिंहले अग्रता लिएकी छन् । 

सिंहले ४८ मत प्राप्त गर्दा स्वतन्त्र उम्मेदवार बालेन शाहले २२ मत प्राप्त गरी यो वडामा सिंहलाई पछ्याइरहेका छन् । यहाँ नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १ मत मात्र प्राप्त गरेका छन् । यो वडा कांग्रेस महामन्त्री गगन कुमार थापको क्षेत्रमा पर्छ । 

महानगरपालीकाको समग्र नतिजामा स्वतन्त्र उम्मेदवार बालेन शाह अगााडी छन् । भने सिर्जना सिंह तेस्रो स्थानमा रहेकी छन् ।