Media Network

काठमाडौं महानगर अपडेटः कसको कति मत ?


खबरस्टोरी संवाददाता

११ जेष्ठ २०७९,बुधबार

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले आफ्नो अग्रता कायमै राखेका छन् ।

मतगणनाको प्रारम्भिक चरणदेखि नै अग्रता बढाउँदै लगेका बालेन्द्रले बुधबार विहानसम्म ५४ हजार ७१८ मत प्राप्त गरेका छन्।

मेयरका उम्मेदवार सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी सिर्जना सिंह र एमालेका केशव स्थापित झण्डै २० हजार मतले पछाडि छन् । 

अहिलेसम्मको गणनाअनुसार कांग्रेसकी सिंहले ३४ हजार ६०८ मत ल्याएकी छन् भने एमालेका स्थापितले ३३ हजार ९७५ मत प्राप्त गरेका छन् ।

२०७४ को निर्वाचनमा काठमाडौं महानगरको मेयरमा एमालेका विद्या सुन्दर शाक्यले ६४ हजार ९ सय १३ मत प्राप्त गरी निर्वाचित भएका थिए । 

उपमेयरमा भने एमालेकी सुनिता डंगोलले अग्रता कायमै राखेकी छन् । उनले ४६ हजार ३४७ मत पाउँदा उनका प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार रामेश्वर श्रेष्ठले १६ हजार २८३ मत मात्र पाएका छन् ।

यसअघि २०७४ को निर्वाचनमा नेपाली कांग्रेसकी हरिप्रभा खड्गी ५८ हजार ९ सय ५२ मत प्राप्त गरी निर्वाचित भएकी थिइन् । 

काठमाडौं महानगरमा अहिलेसम्म एक लाख ७० हजार मतगणना भएको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद