Media Network

काठमाडौं महानगर अपडेट– स्थापितको पकड क्षेत्रमा बालेन मात्र ८ मतले पछाडि


खबरस्टोरी संवाददाता

५ जेष्ठ २०७९,बिहीबार

काठमाडौँ । स्थानीय तहको निर्वाचन अन्र्तगत काठमाडौँ महानगरपालिका–२८ मा ५ सय मतगणना हुँदा पनि नेकपा एमालेका उम्मेदवार केशव स्थापित स्वतन्त्र उम्मेदवार बालेन शाहभन्दा अगाडि देखिएका छन् ।

महानगरमा सुरुदेखि नै अग्रता लिईरहेका बालेन्द्र शाह स्थापितको वडामा भने झिनो मतले पछाडी परे ।४ सय गणना गर्दा ४ मतले अगाडि देखिएको स्थापित यो पटक ५ सय मत गणना गर्दा ८ मतले अगाडि देखिए ।

प्छिल्लो मतपरिणाम अनुसार स्थापितले ५ सयमा १३६ मत पाएका छन् भने शाहले १२८ मत पाएका छन्। यहाँ नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले एक सय मत ल्याएकी छन्।


Share:
Reaction :
ताजा समाचार
खेलकुद