पछिल्लो मत परिणाम अनुसार साहले १७ हजार ५५८ मत प्राप्त गरेका छन् ।हाल काठमाडौं महानगरको वडा नम्बर २८ को मतगणना सुरु भएको छ । जुन एरिया एमालेका मेयर पदका उम्मेदवार केशव स्थापितको वडा हो ।
सुरुको मत गणनामा स्थापितले ८७ मत पाएका छन् भने, बालेनले ७३ मत ल्याए त्यस्तै कांग्रेसकी सिर्जना सिंहले ४७ मत प्राप्त गरेकी छिन् ।अहिलेसम्मको मतपरिणाम अनुसार स्थापितले ९ हजार ५६ मत ल्याएर दोस्रो स्थानमा छन्, भने नेपाली कांग्रेसकी सिर्जना सिंहले ८ हजार १२८ मत सहित बालेन र स्थापितलाई पछ्याईरहेकी छन् ।
त्यस्तै, उपप्रमुखमा एमालेकी उम्मेदवार डंगोल १५ हजार ६७४ मतसहित अग्रस्थानमा छिन् । उनलाई पछ्याउदै नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ५ हजार १५ मत प्राप्त गरेका छन् ।