काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) र एमालेका केशव स्थापितको मतान्तर झण्डै १४ हजार पुगेको छ । जारी मतगणनाको पछिल्लो परिणामअनुसार बालेनले २८ हजार २ सय ९२ मत प्राप्त गर्दा स्थापितले १४ हजार ९ सय ८० मत मात्रै प्राप्त गरेका छन् ।
उपमेयरमा एमालेकी सुनिता डंगोलले भने झण्डै बालेनकै हाराहारीमा मत ल्याएकी छन् । डंगोलले २६ हजार ८ सय ५७ मत प्राप्त गरेकी छन् । उपमेयरमा पाँच दलीय गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले भने ८ हजार ७ सय ७९ मत मात्रै प्राप्त गरेका छन् ।
काठमाडौं महानगरपालिकामा पाँच दलीय गठबन्धनले तालमेल गरी कांग्रेसकी सिर्जना सिंह श्रेष्ठलाई मेयरमा उठाएको थियो । सिंहले भने प्रतिष्पर्धाको होडमा तेस्रो छिन् । उनले अहिलेसम्म १४ हजार ३ सय ३९ मत मात्रै प्राप्त गरेकी छन् । काठमाडौं महानगरको मतगणना जारी रहेको छ ।