काठमाडौ महानगर बालेनको अग्रता कायमै, सिर्जना र केशवबीच १६ मतको अन्तर


खबरस्टोरी संवाददाता
११ जेष्ठ २०७९, बुधबार
काठमाडौ महानगर बालेनको अग्रता कायमै, सिर्जना र केशवबीच १६ मतको अन्तर
काठमाडौं । काठमाडौं महानगरपालिकाको पछिल्लो मतगणनाको परिणाम अनुसार मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै रहेको छ भने नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंह र एमालेका उम्मेदवार केशव स्थापितको मतान्तर घटेको छ ।

ताजा मत परिणाम अनुसार बालेन ५२ हजार २५१ मतसहित आफ्नो फराकिलो अग्रतालाई कायमै राखेका छन् ।सत्ता गठबन्धनका तर्फबाट उम्मेदवारी दिएकी सिर्जनाले ३२ हजार ८२२ मत ल्याउँदा स्थापित ३२ हजार ८०६ मतसहित पछ्याइरहेका छन् ।सिर्जना र केशवबीच जम्मा १६ मतको अन्तर छ । चौथो स्थानमा रहेका अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले  ९ हजार ६०५ मत पाएका छन् ।

काठमाडौं महानगरमा १ लाख ९१ हजार ५१ मत खसेको थियो । अहिलेसम्म  १ लाख ५९ हजार १६२ मत गणना भएको छ । अब गन्न बाँकी मत संख्या ३१ हजार ८८९ रहेको छ ।