Media Network

काठमाडौं महानगरः बालेन शाहको मत ४३ हजार नाघ्यो


खबरस्टोरी संवाददाता

९ जेष्ठ २०७९,सोमबार

काठमाडौं । काठमाडौँ महानगरपालिकामा प्रमुख पदका लागि स्वतन्त्र उम्मेदवार बालेन शाहको मत ४३ हजार नाघेको छ । सोमबार विहानसम्म १ लाख २८ हजार ४८५ मतगणना हुँदा शाहले ४३ हजार ८५० मत प्राप्त गरेका छन् ।

मतान्तर १७ हजार बढी

शाहलाई पछ्याउँदै गरेका गठबन्धनबाट कांग्रेस उम्मेदवार सिर्जना सिंह र एमाले उम्मेदवार केशव स्थापितसँगको मतान्तर १७ हजार भन्दा बढी रहेको छ । 

यसअघि तेस्रो स्थानमा रहेकी कांग्रेस उम्मेदवार सिंहले भने सोमवार विहानसम्म स्थापितलाई लिड गरेकी छन् । 

सिंहले २५ हजार ९४४ मत प्राप्त गर्दा एमालेका स्थापितले २५ हजार ५९ मत प्राप्त गरेका छन् । 

काठमाडौँ महानगरको मत गणना राष्ट्रिय सभागृमा जारी रहेको छ । काठमाडौं महानगरमा कुल १ लाख ९० हजार ९८४ मत खसेको थियो ।  

गणकहरुकाअनुसार अहिले काठमाडौँ वडा नम्बर १२, १३, १४, २१, २२ र २३ को मतगणना भइरहेको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद