काठमाडौं महानगर : बालेनले २४५७ मत पाउँदा गठबन्धनकी उम्मेदवार सिंह तेस्रो स्थानमा
खबरस्टोरी संवाददाता
१ जेष्ठ २०७९, आईतवार
काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले गठबन्धनकी उम्मेदवार सिंह भन्दा दोब्बर मतले अग्रता लिएका छन् ।
बालेनले २४ सय ५७ मत ल्याउदा एमालेका उम्मेदावर केशव स्थिापितले १४ सय १७ मत पाएका छन् । गठबन्धनकी उम्मेदवार सृजना सिंहले ११ सय ६८ मत पाएकी छन् । उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता ढंगोलले अग्रता कायम राखेकी छन् ।