काठमाडौं महानगर–१ मा एमालेको जित, मेयरमा बालेनको अग्रता कायमै


खबरस्टोरी संवाददाता
२ जेष्ठ २०७९, सोमबार
काठमाडौं महानगर–१ मा एमालेको जित, मेयरमा बालेनको अग्रता कायमै
  काठमाडौं। काठमाडौं महानगरपालिकाको वडा नम्बर १ मा नेकपा एमालेका वडाध्यक्षका उम्मेदवार भरतलाल श्रेष्ठले जित हासिल गरेका छन्।

 ६२२ मत प्राप्त गरेका श्रेष्ठका प्रतिस्पर्धि कांग्रेसका किरण श्रेष्ठले ५९८ मत प्राप्त गरेका छन्। निर्वाचित भरतलाल यसअघि पनि वडाध्यक्ष थिए। वडाको कूल मतगणना हुँदा कामनपाको मेयरमा भने बालेनले सर्वाधिक मत पाएका छन्। उनले कुल ७८३ मत पाए। यो वडाबाट मेयर पदका लागि एमालेका केशव स्थापितले ३६४ र कांग्रेसकी सिर्जना सिंहले ४५१ मत पाएकी छन्।