५६ जना मेयरका उम्मेदवारमध्ये २१ जनाले दलका तर्फबाट र ३५ जनाले स्वतन्त्र उम्मेदवार रुपमा मनोनयन पत्र दर्ता गराएका छन् । मेयरमा ८ जना महिलाको उम्मेदवारी परेको छ ।
उपमेयर पदमा उम्मेदवारी दिएका ३१ जनामध्ये १२ जनाले दलका तर्फबाट र ९ जनाले स्वतन्त्रबाट मनोनयन दर्ता गराएका छन् । उपमेयरमा १२ जना महिलाले उम्मेदवारी दिएका छन् ।
स्थानीय तह निर्वाचन २०७९ का लागि निर्वाचन आयोगले आइतबार र सोमवार दुई दिन मनोनयन दर्ताको कार्यक्रम राखेको थियो ।
मुख्य निर्वाचन अधिकृत राजकुमार खतिवडाका अनुसार काठमाडौँ महानगरका ३२ वटा वडामध्ये हरेक २ वटाका लागि एउटा मनोनयन डेक्स राखिएको थियो । यसैगरी मेयर र उपमेयरका लागि छुट्टाछुट्टै २ वटा डेक्स राखिएका थिए ।