Media Network

काठमाडौं महानगरमा स्थापित भन्दा ५,३१६ मतान्तरले बालेन अगाडि


खबरस्टोरी संवाददाता

४ जेष्ठ २०७९,बुधबार

काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत काठमाडौं महानगरपालिकामा मतगणना जारी छ । अहिलेसम्म ३० हजार ९८१ मतगणना गरिएको छ ।

पछिल्लो गणनाअनुसार प्रमुख पदमा स्वतन्त्र उमेदवार बालेन्द्र साह (बालेन)ले ११ हजार ७९२ मत पाएका छन् । नेकपा (एमाले)का उमेदवार केशव स्थापितले ६ हजार ४७६ मत ल्याएका छन् ।

यस्तै, सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी उमेदवार सिर्जना सिंहले पाँच हजार ६७४ मत प्राप्त गरेकी छन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद