Media Network

काठमाडौं महानगरको उपमेयरमा सुनिता डंगोल फराकिलो मतान्तरका साथ विजयी


खबरस्टोरी संवाददाता

११ जेष्ठ २०७९,बुधबार

काठमाडौँ । काठमाडौँ  महानगरपालीकाको उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोल फराकीलो मतान्तर सहित विजयी भएकी छन् ।

डंगोल मत गणना बाँकी हुनु अगावै विजयी भएकी हुन् । काठमाडौँमा १ लाख ६६ हजार ३ सय १३ मतगको गणना सकिदा डंगोलले ६० हजार ६ सय ७५ मत प्राप्त गर्न सफल भएकी हुन् । उनका प्रतिस्पर्धी गठबन्धन तर्फका उम्मेदवार रामेश्वर श्रेष्ठले २० हजार ६ सय ६ मत पाएका छन् । काठमाडौँमा २४ हजार ७ सय ७८ मत गणना हुन बाँकी हुदा डंगोल र श्रेष्ठ बिचको मतान्तर ३९ हजार ८ सय ८९ रहेको छ ।

मेयरतर्फ भने स्वतन्त्र उमेदवार बालेन शाहले अग्रता कायमै राखेका छन् । शाहले ५४ हजार २ सय १३ मत प्राप्त गर्दा कांग्रेसकी सिर्जना सिंहले ३४ हजार १८० मत प्राप्त गरेकी छन् भने एमालेका उम्मेदवार केशव स्थापितले ३३ हजार ६ सय ९ मत प्राप्त गर्न सफल भएका छन् । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद