Media Network

काठमाडौँ महानगरमा अब ३२ हजार मत गणना बाँकी


खबरस्टोरी संवाददाता

१० जेष्ठ २०७९,मंगलवार

काठमाडौं । काठमाडौं महानगरपालिकामा १ लाख ५८ हजार १६१ मतगणना सकिँदा प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले ५१ हजारभन्दा बढी मत प्राप्त गरेका छन् । 

निर्वाचन आयोगको पछिल्लो अपडेट अनुसार उनले ५१ हजार ९३३ मत प्राप्त गरिसकेका छन् । 

उनलाई पछ्याईरहेकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठले ३२ हजार ६०९ मत प्राप्त गरेकी छन् । सिर्जनाले भन्दा बालेनले १९ हजार ४९० बढी मत प्राप्त गरेका छन् । काठमाडौं महानगरपालिकामा नेकपा एमालेको तर्फबाट प्रमुखमा उम्मेदवारी दिएका केशव स्थापितले हालसम्म ३२ हजार ७५ मत प्राप्त गरेका छन् । यस्तै अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले ९ हजार ४९०  मत ल्याएका छन् । 

आयोगका अनुसार अब काठमाडौं महानगरपालिकामा ३२ हजार ८९० मत गणना गर्न बाँकी रहेको छ । काठमाडौं महानगरपालिकामा १ लाख ९१ हजार ५५ मत खसेको थियो ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद