काठमाडौं महानगरमा बालेन शाहको सुरूवाति अग्रता


खबरस्टोरी संवाददाता
३१ बैशाख २०७९, शनिबार
काठमाडौं महानगरमा बालेन शाहको सुरूवाति अग्रता
काठमाडौं ।  काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले प्रारम्भिक अग्रता लिएका छन् ।   

वडा नम्बर १ मा कांग्रेसकी सिर्जना सिंहले ८ भोट ल्याउँदा बालेन शाहले ७ भोट ल्याएर उनलाई पछ्याएका छन् भने वडा नम्बर ३२ मा बालेनले ८ भोट ल्याउँदा कांग्रेस र एमालेलाई १-१ भोट मात्रै खसेको छ । समग्रमा बालेन शाहले १५ मत ल्याउँदा सिर्जना सिंहले ९ मत ल्याएर उनलाई पछ्याइरहेकी छिन्  ।