काठमाडौं महानगरमा १९ हजार मत गन्दा बालेनको ७,७७१ मत


खबरस्टोरी संवाददाता
३ जेष्ठ २०७९, मंगलवार
काठमाडौं महानगरमा १९ हजार मत गन्दा बालेनको ७,७७१ मत
काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेनले अग्रता जारी राखेका छन् ।

करिब १९ हजार मत गणना हुँदा बालेनले सात हजार ७७१ मत पाएका छन् ।एमालेका केशव स्थापितले चार हजार ११३ मत पाएका छन् ।  कांग्रेसकी सिर्जना सिंह तीनहजार ५७३ मतसहित स्थापितलाई पच्छ्याइरहेकी छन् ।