Media Network

काठमाडौं महानगरमा ५१ प्रतिशत मतगणना गर्न बाँकी, बालेनको अग्रता कायमै


खबरस्टोरी संवाददाता

७ जेष्ठ २०७९,शनिबार

काठमाडौं।  काठमाडौं महानगरपालिकामा ५१ प्रतिशत मत गन्न बाँकी रहँदा पनि स्वतन्त्र उम्मेदवार बालेन शाहले निरन्तर अग्रता कायम गरिरहेका छन् । लौरो चिन्हवाट स्वतन्त्र उम्मेदवार भएका शाहले निकटतम प्रतिस्प्रर्धी नेकपा एमालेका केशव स्थापितलाई १५ हजार ८ सय ५ सय ५३ मतले पछि पार्दै ३५ हजार १ सय ३० मत प्राप्त गरिसकेका छन्। 

महानगरमा कुल १ लाख ८९ हजार ४२० मत खसेको थियो । शनिबार अपरान्ह साढे २ बजेसम्म ९३ हजार ६ सय ४७ मत मात्रै गणना भएको निर्वाचन आयोगले जनाएको छ । यसअघिको निर्वाचनमा एमालेको पकड क्षेत्र मानिएका वडाहरुमा मतगणना जारी छ । 

अझैँ ९७ हजार ५ सय ३९ मत गणना गर्न बाँकी छ ।  ९, १०, ११, २४, २५, २६, २७ र ३१ वडामा मतगणना जारी छ । जसमध्ये १० र ११ नम्बर वडा  कांग्रेसको पकड भएको क्षेत्र मानिन्छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद