Media Network

काठमाडौं महानगरकाे मेयरमा र्यापर बालेनको उम्मेदवारी दर्ता


खबरस्टोरी संवाददाता

११ बैशाख २०७९,आईतवार

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदका लागि र्यापर बालेन शाहले उम्मेदवारी दर्ता गराएका छन् ।

राष्ट्रियसभा गृहमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर शाहले आइतबार मेयर पदमा उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् । इन्जिनियरसमेत रहेका शाहले विकासका लागि इन्जिनियरहरु राजनीतिमा आउनुपर्ने बताउँदै आएका छन् । 

उनले काठमाडौंको विकास निर्माणको खाकासहित आफ्नो चुनावी प्रतिवद्धतापत्र समेत सार्वजनिक गरिसकेका छन् । बालेन युवा पंक्तिमा निकै चर्चित छन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद