काठमाडौं महानगरमा स्थापित भन्दा ९,५९६ मतान्तरले बालेन अगाडि


खबरस्टोरी संवाददाता
५ जेष्ठ २०७९, बिहीबार
काठमाडौं महानगरमा स्थापित भन्दा ९,५९६ मतान्तरले बालेन अगाडि
काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत काठमाडौं महानगरपालिकामा मतगणना जारी छ । 

पछिल्लो गणनाअनुसार प्रमुख पदमा स्वतन्त्र उमेदवार बालेन्द्र साह (बालेन)ले १८ हजार ७९५ मत पाएका छन् । नेकपा (एमाले)का उमेदवार केशव स्थापितले ९ हजार १९९ मत ल्याएका छन् ।

यस्तै, सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी उमेदवार सिर्जना सिंहले ९ हजार ६२३ मत प्राप्त गरेकी छन् ।