काठमाडौं महानगरमा स्थापितभन्दा बालेन २०६५ मतले अगाडि


खबरस्टोरी संवाददाता
२ जेष्ठ २०७९, सोमबार
काठमाडौं महानगरमा स्थापितभन्दा बालेन २०६५ मतले अगाडि
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले आफ्ना प्रतिस्पर्धीलाई उछिन्ने क्रमले निरन्तरता पाएको छ ।

आइतबार साँझ १० बजेसम्म उनले ४३६५ मत पाइसकेका छन्। यस्तै नेकपा एमालेका उम्मेदवार केशव स्थापितले २३०३ मत पाएका छन्।  बालेनले उनका निकट प्रतिद्वन्द्वी स्थापितभन्दा २०६५ मत धेरै ल्याएका छन्।

यस्तै तेस्रो स्थानमा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह छिन्। उनले २०६७ मत पाएकी छन्।