लोसपाको तर्फबाट महानगर प्रमुखमा डानिन्द्र जोसी र उप–प्रमुखमा उदय खड्की ले मनोनयन दर्ता गराएका थिए । प्रमुख र उप–प्रमुख मध्ये एक पदमा महिला हुनुपर्ने व्यवस्था भए पनि लोसपाको तर्फबाट दुवै पदमा पुरुषले नै मनोनयन दर्ता गराएको भन्दै उनीहरुको उम्मेदवारी खारेज गरिएको जनाइएको छ ।