काठमाडौँ महानगरपालिका–१६ को अध्यक्षमा रिजाल विजयी


खबरस्टोरी संवाददाता
१२ जेष्ठ २०७९, बिहीबार
काठमाडौँ महानगरपालिका–१६ को अध्यक्षमा रिजाल विजयी
काठमाडौँ। काठमाडौँ महानगरपालिका– १६ को अध्यक्षमा नेपाली कांग्रेसका मुकुन्द रिजाल विजयी भएका छन् ।

गत वैशाख ३० गते सम्पन्न मतदानको केहीबेर अगाडि सम्पन्न मतगणनामा रिजालले चार हजार १९ मत प्राप्त गरी दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा विजयी भएका हुन् । उनि यसअघि पनि सोही वडाको अध्यक्ष थिए ।  

उनका प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार लक्ष्मी तुलाधरले तीन हजार ३१० मत प्राप्त गरे । यस्तै चार सदस्यमा भने नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन् । उक्त वडामा १२ हजार ३०८ मत खसेको थियो ।

काठमाडौँ–१६ मा सोह्रखुट्टे, वनस्थली, बालाजु, म्हैपी, माछापोखरीलगायतका क्षेत्र पर्दछन् । वडा अध्यक्ष विजयी रिजाल नेपाली कांग्रेस क्षेत्र नं ७ को क्षेत्रीय सभापतिसमेत हुन् ।