Media Network

काठमाडौं वडा नम्बर ७ मा पनि बालेन हाबी, स्थापितको ८ भोट आउँदा बालेनको ४८


खबरस्टोरी संवाददाता

४ जेष्ठ २०७९,बुधबार

काठमाडौं । स्थानीय तहको निर्वाचन अन्तर्गत काठमाडौं महानगरको वडा नम्बर ७ को पनि मतगणना सुरु भएको छ । महानगरका विभिन्न वडाहरुमा अनपेक्षित मतसहित लिड गरेका बालेन्द्र शाह बालेन ७ नम्बर वडामा पनि अन्य उम्मेदवारभन्दा अगाडि देखिएका छन् ।

वडाको १०० वटा मत काउन्टमा स्वतन्त्र उम्मेदवार साहले मात्रै ४८ भोट ल्याएका छन् । कांग्रेसकी सिर्जना सिंहको पक्षमा २१ मत खसेको छ । तेस्रो स्थानमा रहेका एमालेका केशव स्थापितले ८ भोट मात्र ल्याएका छन् ।

हालसम्म काठमाडौंका २ वडाको मतगणना सकिएको छ भने ९ वटा वडाको मतगणना जारी छ । बालेनले १५,९०६ भोट सहित अग्रता लिइरहेका छन् । दोस्रो र तेस्रोमा रहेका स्थापित र सिंहको क्रमशः ८,४२७ र ७,५२ भोट छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद