Media Network

काठमाडौंको मेयरमा भुवन केसी र उपमेयरमा रेश्माकाे उम्मेदवारी घाेषणा


खबरस्टोरी संवाददाता

२३ चैत्र २०७८,बुधबार

काठमाडौं । चर्चित अभिनेता भुवन केसी काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवार बन्ने भएका छन् । स्वागत नेपालले नेतृत्व गरेको उन्नत लोकतन्त्र पार्टीबाट अभिनेता केसी मेयरको उम्मेदवार बन्न लागेको सो पार्टीले जनाएको छ । 

०७९ वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा केसीलाई काठमाडौं महानगरको मेयर उठाउने पार्टीले निर्णय गरेको अध्यक्ष स्वागत नेपालले बताए । सो पार्टीले काठमाडौंको मेयरमा भुवन केसीलाई र उपमेयरमा रेश्मा लामालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । थापाथलीको पुलमुनी सुकुम्बासी बस्तीमा हुर्की बढेकी रेश्मा त्यही सुकुम्बासी बस्तीमै बसेर स्नातक तह उत्तीर्ण गरेकी हुन् । 

उन्नत लोकतन्त्र पार्टीको संवाद समितिले गरेको छलफलबाट केसीलाई परराष्ट्र विभागको विभागीय अध्यक्षसमेतको जिम्मेवारी दिइएको अध्यक्ष स्वागत नेपालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्ति हेर्नुहाेस्



Share:
Reaction :
ताजा समाचार
खेलकुद