Media Network

काठमाडौँको मेयरमा कांग्रेसको तर्फबाट सिर्जना सिंहको उम्मेदवारी


खबरस्टोरी संवाददाता

१२ बैशाख २०७९,सोमबार

काठमाडौँ।  काठमाडौं महानगरपालिकाको मेयरमा सिर्जना सिंहलाई उम्मेदवार बनाउने नेपाली कांग्रेसले निर्णय गरेको छ। उनी कांग्रेस नेता प्रकाशमान सिंहकी पत्नी हुन्। 

हालकी ऊर्जामन्त्री तथा माओवादी नेतृ पम्फा भुषाललाई हराएर शंकरदेव क्याम्पसको कोषाध्यक्ष बनेकी सिर्जनाले २०३७ सालमै नेपाल महिला संघ गोरखाको सभापति भएर काम गरिसकेकी थिइन् । उनी आज दिउँसो शान्तिबाटीकामा भेला भएर उम्मेदवारी दर्ता गराउन जाने स्रोतले जनाएको छ।  


Share:
Reaction :
ताजा समाचार
खेलकुद