Media Network

काठमाडौंको मेयरमा १६ र उपमेयरमा १७ जनाको उम्मेदवारी


खबरस्टोरी संवाददाता

११ बैशाख २०७९,आईतवार

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा १६ र उपमेयरमा १७ जनाको उम्मेदवारी परेको छ । 

उम्मेदवारी दर्ताको पहिलो दिन विभिन्न वडाको वडाध्यक्षमा २३ जना र वडा सदस्यमा ८ जनाको उम्मेदवारी परेको छ ।भोलि सोमबार बिहान ११ बजेदेखि पुनः उम्मेदवारी दर्ता सुरु हुने र साँझ ५ बजेभित्र उम्मेदवारी दर्ता गरिसक्नुपर्ने निर्वाचन आयोगले जनाएको छ ।

 काठमाडौंको मेयरका लागि पहिलो नम्बरमा आनन्द राज जोशीले उम्मेदवारी दर्ता गराएका थिए । ।जोशी राष्ट्रिय यथार्थवादी पार्टी नेपालका महासचिव हुन् । 

¥यापर बालेन शाह (बालेन) पनि स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । यस्तै विवेकशील साझा पार्टीका तर्फबाट समीक्षा बाँस्कोटाले काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दर्ता गरेकी छन् । आधुनिक नेपाल समाजवादी पार्टीका तर्फबाट काठमाडौं २४ का सुरेशरत्न बज्राचार्यले उम्मेदवारी दर्ता गरेका छन् । 

नेपाल समावेशी पार्टीका तर्फबाट काठमाडौं २४ का ७) रामबहादुर खड्काले काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दर्ता गरेका छन् । मंगोल नेशनल अर्गनाइजेशन पार्टीको तर्फबाट काठमाडौं ९ का सीता तामाङले उम्मेदवारी दर्ता गरेका छन् ।मौलिक जरोकिलो पार्टीको तर्फबाट काठमाडौं ९ का मनोजराज आचार्यले उम्मेदवारी दर्ता गरेका छन् । ज्ञानु लामा तामाङले स्वतन्त्र उम्मेदवारी दिएकी छन् । उपत्यका सडक बिस्तार पीडित संघर्ष समितिका संयोजक सुमन सायमीले पनि काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिएका छन् । 

काठमाडौं–१५ की निवासी अमोट महर्जनले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । यसैगरी, काठमाडौंको मेयरमा विपिनराज वैद्य, सूर्य थापाश्रेष्ठ (महिला), डिल्लीराम राजभण्डारी र जेठा महर्जनको पनि काठमाडौंको मेयरमा उम्मेदवारी दर्ता गरेका छन् ।आधुनिक नेपाल समाजवादी पार्टीका तर्फबाट गुणबहादुर बञ्जाराले काठमाडौं महानगरको उपमेयरमा उम्मेदवारी दिएका छन् ।

विवेकशील साझा पार्टीको तर्फबाट कीर्ति तुलाधरको उपमेयरमा उम्मेदवारी परेको छ । उपत्यकाव्यापी सडक बिस्तार पीडित संघर्ष समितिका कोषाध्यक्ष विद्या श्रेष्ठ महर्जनले उपमेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् ।विश्वविजय श्रेष्ठले पनि उपमेयरमा स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गरेका छन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद