Media Network

काठमाडौंको मेयरमा स्वतन्त्रबाट राजन कार्कीको उम्मेदवारी दर्ता


खबरस्टोरी संवाददाता

११ बैशाख २०७९,आईतवार

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा राजन कार्कीले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका छन् । 

निर्वाचन आयोगले मनोनयन दर्ता आह्वान गरेको शुरुवाती समयमै कार्कीले मेयरमा उम्मेदवारी दर्ता गराएका हुन् । 

राष्ट्रियसभा गृहमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका गई कार्कीले उम्मेदवार मनोनयन दर्ता गराएका छन् । 

यस्तै, काठमाडौंको मेयरमा राष्ट्रिय यथार्थवादी पार्टी नेपालको तर्फबाट आनन्दराज जोशीले आइतबार उम्मेदवारी दर्ता गराएका छन् । काठमाडौंमा उम्मेदवार दर्ता गराउने उनी पहिलो हुन् । 

सरोज शाहीको प्रस्ताव र सरला शाहीको समर्थनमा जोशीले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

नराम्रा उम्मेदवारलाई हराउन र राम्रालाई जिताउनका लागि आफूले उम्मेदवारी मनोनयन दर्ता गराएको प्रतिक्रिया दिएका छन् । 

स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि आइतबार र सोमवार ७७ वटा मुख्य निर्वाचन अधिकृत र ६ सय ७६ निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।  


Share:
Reaction :
ताजा समाचार
खेलकुद