काठमाडौंमा बालेन शाहले ३५ सय ३२ मत प्राप्त गर्दा, अरुले कति मत पाए ?
खबरस्टोरी संवाददाता
२ जेष्ठ २०७९, सोमबार
काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले मतान्तर बढाएका छन् ।
बालेनले ३५३२ मत ल्याउदा एमालेका उम्मेदावर केशव स्थिापितले १८५६ मत पाएका छन् । गठबन्धनकी उम्मेदवार सृजना सिंहले १६६८ मत पाएकी छन् । उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता ढंगोलले अग्रता कायम राखेकी छन् ।