Media Network

काठमाडौंमा बालेनको फराकिलो अग्रता, सिर्जना १७ हजार २४५ मतले पछाडि


खबरस्टोरी संवाददाता

८ जेष्ठ २०७९,आईतवार

काठमाडौं। काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले निरन्तर अग्रता कायम गरिरहेका छन् । उनले आफ्ना निकटतम प्रतिस्पर्धीहरु नेपाली कांग्रेसकी सिर्जना श्रेष्ठ र नेकपा एमालेका केशव स्थापितसँग मतान्तर बढाउँदै लगेका हुन् । 

निर्वाचन आयोगका अनुसार बालेनले हालसम्म ३९ हजार ५१५ मत प्राप्त गरिसकेका छन् । उनको निकटतम् प्रतिस्पर्धी कांग्रेसकी सिर्जनाले २२ हजार २७० मत प्राप्त गरेकी छन् । एमाले उम्मेदवार स्थापित अहिले तेस्रो स्थानमा रहेका छन् । स्थापितले हालसम्म २१ हजार ७७५ मत प्राप्त गरेका छन् । 

मेयरमा कांग्रेस उम्मेदवार सिर्जनकोभन्दा बालेनले १७ हजार २४५ बढी मत प्राप्त गरिसकेका छन् भने स्थापितकोभन्दा १७ हजार ७४० बढी मत प्राप्त गरेका छन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद