स्वतन्त्र उम्मेदवारी दिएर लौरो चुनाव चिन्ह पाएका बालेनले युवा पुस्ताका साथै काठमाडौंका नेवार समुदायलाई छाप छाड्न सफल देखिएका छन् ।
जारी मतगणनाको पछिल्लो अपडेटअनुसार विहीबार विहान बालेनको २० हजार २६ मत पुगेको छ । काठमाडौं महानगरकैपूर्व मेयरसमेत रहेका पुराना हस्ती नेकपा एमालेका केशव स्थापितसँगको मतान्तर पनि निकै फराकिलो बनेको छ । बालेनले २० हजार मत कटाउँदा स्थापितले १० हजार ३३८ मत ल्याएका छन् ।
तेस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी सिर्जना सिंहले ९ हजार ५५६ मत पाएकी छन् ।
त्यसैगरी उपमेयरमा भने एमालेकी सुनिता डंगोलले १९ हजार ९५६ मत पाएकी छन् ।