Media Network

काठमाडौँमा ११९ मतसहित बालेनको अग्रता, उपमेयरमा डंगोलको अग्रता


खबरस्टोरी संवाददाता

३१ बैशाख २०७९,शनिबार

काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना भइरहेको छ । बिहीबार भएको स्थानीय तह निर्वाचनअन्तर्गत भएको काठमाडौं महानगरको मतगणना भइरहेको छ । 

राष्ट्रियसभा गृहमाा भइरहेको मतगणनाअनुसार अहिलेसम्म स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिएका छन् । 

बालेनले ११९ मतका साथ अग्रता लिइरहेका छन् । उनलाई एमालेका केशव स्थापितले ९७ मत लिएर बालेनलाई पछ्याइरहेका छन्  भने ८७ मतका साथ कांग्रेसकी सिर्जना सिंह तेस्रो स्थानमा देखिएकी छिन् ।

उपमेयरमा एमालेकी सुनिता ढंगोलले ५७ मत ल्याएकी छन् । गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २३ मतसहित डंगोललाई पछ्याइरहेका छन्। 

तारजालीको घेराभित्र सीसी क्यामेराको निगरानीमा मतगणना भइरहेको छ । उम्मेदवारका प्रतिनिधिलाई देखाउँदा गणकहरुले मत गनिरहेका छन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद