नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहितको गठबन्धनलाई हराउँदै एमालेले मेयर र उपमेयर दुवै पद जितेको छ ।
जिल्ला सदरमुकाम रहेको कावासोती नगरपालिकाको प्रमुख पदमा एमालेका विष्णु भुसाल १८ हजार ६०८ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका साझा उम्मेदवार कांग्रेसका महेन्द्र पोखरेलले १८ हजार ३०४ मत प्राप्त गरे । यसअघिको निर्वाचनमा पनि एमालेसँग नै पराजित भएका पोखरेल यो पटक गठबन्धनसँग मिल्दा ३०४ मत अन्तरले पराजित भए ।
उपमेयर पदमा पनि एमालेकै फुलकुमारी थनेत निर्वाचित भइन् । उनले १९ हजार २४ मत प्राप्त गरिन् । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनमा माओवादी उम्मेदवार पतिराम थनेतले १३ हजार ५ सय ६१ मत मात्रै प्राप्त गरे ।
एमालेले यसअघि २०७४ को निर्वाचनमा पनि मेयर उपमेयर दुवै जितेको थियो । १७ वडा रहेको कावासोतीमा एमालेले १२ वडा तथा कांग्रेसले कांग्रेसले ४ र माओवादी केन्द्रले १ वडा जितेको छ ।