Media Network

खोटाङको जन्तेढुंगा गाउँपालिकामा गठबन्धनको उम्मेदवार विजयी


खबरस्टोरी संवाददाता

१ जेष्ठ २०७९,आईतवार

खोटाङ।  खोटाङको जन्तेढुंगा गाउँपालिकामा गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार अरुणादेवी राई र उपाध्यक्षमा कांग्रेसका खेमबहादुर खड्का विजयी भएका छन् । अरुणादेबीले २८ सय ८१ मत र खड्काले २८ सय पाँच मत पाएर विजयी भएका हुन् ।

 निटकतम प्रतिद्धन्द्धी नेकपा एमालेका अध्यक्षका उम्मेदवार शंखरबहादुर राईले २५ सय ७५ मत र उपाध्यक्षका उम्मेदवार विमला राईले २४ सय ९५ मत पाएका छन् ।

 २०७४ सालको स्थानीय तहको निर्वाचनमा विजयी भएका शंखबहादुर र विमलालाई एमालेले पुःन दोस्रो कार्यकालका लागि यथास्थानमा टिकट दिएको थियो । जन्तेढुंगा गाउँपालिकाका–६ वडामध्ये एक वडामा मात्र एमालेको उम्मेदवार वडाध्यक्षमा विजयी भएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद