Media Network

ललितपुर- १ मा स्वतन्त्र उम्मेदवार तण्डुकार विजयी


खबरस्टोरी संवाददाता

१ जेष्ठ २०७९,आईतवार

ललितपुर। ललितपुर महानगरपालिका वडा नं १ को वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकारले ६६१ मत प्राप्त गरी विजयी भएका छन् । 

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका ध्रुव तण्डुकारले ४२५ मत प्राप्त गरेका छन् । नगर प्रमुखमा  कांग्रेसका चिरीबाबु महर्जन र उपप्रमुखमा नेकपा (एमाले)की उम्मेदवार मञ्जली शाक्यको अग्रता कायम छ । 

कांग्रेसका उम्मेदवार महर्जनले ८७७ र एमालेका हरिकृष्ण ब्यञ्जनकारले ४०२ मत पाएका छन् । उपप्रमुखमा एमालेका शाक्यले ४४४ मत र नेकपा (माओवादी केन्द्र) का बाबुराजा बज्राचार्यले १८१ मत पाएका छन् । महानगरपालिकामा २९ वडा रहेका छन्। 

Share:
Reaction :
ताजा समाचार
खेलकुद