ललितपुर महानगर मेयरका उम्मेदवार चिरिबाबु महर्जनविरुद्ध उजुरी


खबरस्टोरी संवाददाता
१४ बैशाख २०७९, बुधबार
ललितपुर महानगर मेयरका उम्मेदवार चिरिबाबु महर्जनविरुद्ध उजुरी
ललितपुर– ललितपुर महानगरपालिकामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार चिरिबाबु महर्जनविरुद्ध उजुरी परेको छ। 

महर्जनविरूद्ध बेरूजुसम्बन्धी उजुरी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालय ललिपुरले जानकारी दिएको छ। 

महर्जनविरुद्ध उजुरी परेको छ। बेरुजुसम्बन्धी उजुरी परेको र उजुरीमाथिको अध्ययन बुधबारदेखि सुरु हुने निर्वाचन कार्यालयले जनाएको छ ।महर्जन यसअघि पनि महानगरमा मेयर निर्वाचित भएका थिए। 

निर्वाचन आयोगको आचारसंहितामा  जनप्रतिनिधिमा निर्वाचित भइसकेको भए बेरुजु फर्स्योट गरी सम्बन्धित पदबाट राजीनामा बुझाएर मात्र पुनः उम्मेदवारी दर्ता गर्न सकिने व्यवस्था गरेको छ ।सोमबार र मंगलबार मनोनयनका लागि छुट्याइएकोमा बुधबार उम्मेदवारविरुद्ध उजुरी दिन आयोगले सबैमा आह्वान गरेको थियो।